ढोरपाटनका मेयरसहित ७ जनाको यात्रा अनुमति रद्द गर्न गृहको पत्राचार

बाग्लुङ | जेठ ८, २०८०

ढोरपाटनका मेयरसहित ७ जनाको यात्रा अनुमति रद्द गर्न गृहको पत्राचार

बागलुङ:  गृहमन्त्रालयले बागलुङको ढोरपाटन नगरपालिकाका मेयर तथा इमेज सहकारी संस्था संस्थापक अध्यक्ष देवकुमार नेपालीलाई यात्रा अनुमतिमा रोक लगाएको छ ।


गृहले अध्यागमन बिभागलाई पत्राचार गरेर नेपाली सहित तोकिएका ७ जनाको यात्रा अनुमति रद्द गर्न पत्राचार गरेको हो । गृहमन्त्रालयका शाखा अधिकृत परशुराम पोखरेलको हस्ताक्षरमा बिभागलाई पठाइएको उक्त पत्र सार्वजनिक भएको हो ।


केही दिनदेखि नेपाली सहित सहकारीका पदाधिकारी सम्पर्क बिहिन छन् । ढोरपाटन नगरपालिका-१ र बागलुङ नगरपालिका(२ मा कार्यालय रहेको सहकारीको अध्यक्ष समेत रहेका नेपाली भागेर बिदेश जान सक्ने भएकोले यात्रा अनुमति रद्द गराउन जिल्ला प्रशासन कार्यालयले गृहमा आग्रह गरेको थियो ।

 

त्रिभूवन अन्तराष्ट्रिय बिमानस्थल सहित अन्य नाकामा पनि नेपालीलाई रोक्न प्रहरी संयन्त्र समेत परिचालन भएको सहायक प्रजिअ चित्राङगत बरालले जानकारी दिए ।सहकारीले एक महिना अघिदेखि तरलता अभाव भन्दै कारोबार बन्द गराएको र दैनिक बचतकर्ताले धर्ना दिने गरिरहेका छन् । सहकारीले एक अर्ब भन्दा धेरै रकम भुक्तानी दिनुपर्ने छ ।


भुक्तानी खोज्ने बचतकर्ताले गत बैसाख पहिलो सातादेखिनै सहकारीको शाखामा धाइरहेका छन् । छिटफुट रुपमा प्रति व्यक्ति ५ हजार मात्रै रकम फिर्ता दिएको सहकारीले करोडौं रुपैया“ बचत संकलन गरेको छ । १८ प्रतिशत व्याज दिने भनेपछि कतिपयले बैंकबाट रकम लिएर सहकारीमा जम्मा गरेको खुलेको छ । आइतवार बेलुकी पनि बचतकर्ताले जिल्लाप्रशासनमा पुगेर आफ्नो रकम फिर्ता गरिदिन आग्रह गरेका थिए ।


संस्थापक अध्यक्षको रुपमा नेपाली सहित सहकारीको कार्यवहाक अध्यक्ष डोरबहादुर परियार, सचिव सुनिल नेपाली, कोषाध्यक्ष लक्ष्मी सेन, संचालक चित्रबहादुर भण्डारी, सदस्य रुपा बिक र अर्का सदस्य झगबहादुर शाहीको यात्राअनुमति रद्द भएको हो । बिक गलकोट नगरपालिका ११ र शाही निसीखोला गाउँपालिका ३ का बासिन्दा हुन् भने अरु सबै ढोरपाटन नगरपालिका १ का बासिन्दा हुन् ।

लेखनाथ:    महोत्सवको पनि महोत्सव लेखनाथ महोत्सव जारी २१ औं संस्करणको तेश्रो दिन शनिवार दर्शको घँुइचो लागेको छ ।   शनिबार बिदाको दिनपरेकोले स्थानीय, संघ संस्था र विद्यालयका विद्यार्थीसमेतक...

थप पढ्नुहोस्

पोखरा:   नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) ले पोखरा–२२ कालाबाङमा पर्यटन सम्बन्धी अन्तरक्रिया गरेको छ । फोनिजको आयोजना, फोनिज गण्डकीको समन्वय र फोनिज कास्कीको शनिबार पोखरा २२ मा रहे...

थप पढ्नुहोस्

पोखरा:    जिल्ला प्रहरी कार्यालय कास्कीले चोरी गरेको आरोपमा ५ जनालाई पक्राउ गरेको छ ।   पक्राउ पर्नेमा मादी गाउँपालिका–६ तप्राङ घर भई हाल पोखरा–१ भीमकालीपाटन बस्ने २१ वर्षीय ...

थप पढ्नुहोस्